

-
इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ ।
सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।
“हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ”, उनले भने, “तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ ।” उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । “सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ”, प्रजिअ नेपालले भने, “प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ ।”
गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ ।
आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।
वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भूसंरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२