

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् । उनले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताएका छन्।
ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन । इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।
अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।
त्यसपछि इजरायले गाजामा आक्रमण तिब्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार एक सय ८३ जनाको ज्यान गएको छ, जसमा २० हजार एक सय ७९ बालबालिका पनि छन् ।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


