

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् । उनले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताएका छन्।
ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन । इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।
अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।
त्यसपछि इजरायले गाजामा आक्रमण तिब्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार एक सय ८३ जनाको ज्यान गएको छ, जसमा २० हजार एक सय ७९ बालबालिका पनि छन् ।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



