

-
काठमाडौं : हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ ।
दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन् । त्यसैक्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।
जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ ।
अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । विपीनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ । उहाँको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिल समेत गरेको थियो ।
इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गर्नुभएको थियो । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्धविराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।
News Desk 0 response आइतवार, अशोज २६, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२