• काठमाडौँ ।

    सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरु तोकिएको कार्यक्षेत्र नगएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमाना लिन पुनः ताकेता गरेको छ ।

    अघिल्लो मन्त्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने योजना अनुरुप धेरै गाउँपालिका तथा नगरपालिकामा अधिकृत र उपसचिव सरुवा गरेको थियो । तर, ती कर्मचारीहरु कार्यक्षेत्र जान आनाकानी गरेपछि समस्या आएको छ । कतिपय पालिकाले रमाना दिएका छैनन भने कतिपय कर्मचारीले नै अटेर गरेर बसेका छन् ।