

-
एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस। जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठूलो मानवीय सङ्कट आउने प्रतिक्रिया दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शुक्रवार नयाँ शुल्क लागू गर्ने आदेश दिएका थिए । यो निर्णय आजदेखि लागू हुने भनिएको छ । यसअघि यस्तो भिसाको शुल्क एक हजार डलर थियो । पहिलेको तुलनामा अब लिने भनिएको शुल्क ६० गुणा बढी रहेको बीबीसीले जनाएको छ । एच–वानबी भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्छन् ।
अमेरिकाले एच–वानबी भिसाको शुरुआत सन् १९९० देखि गरेको हो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए । पछिल्लो तथ्याङ्क अनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन् ।
यसैबीच, भारतका वाणिज्य मन्त्री पियूष गोयल भोलि अमेरिकी व्यापार प्रतिनिधिहरूसँग वार्ता गर्न अमेरिका जाने खबरमा भनिएको छ । ट्रम्प प्रशासनले भने भिसा प्रणालीको दुरुपयोग भइ अमेरिकी कामदारहरूको पारिश्रमिक घटाइएको भन्दै यो कदम चालेको स्पष्ट पारेको छ । अमेरिकाले भारतमाथि रूसी तेल खरिद गरेको भन्दै भन्सार शुल्क बढाइरहेका बेला ट्रम्प प्रशासनको यो निर्णयले दुई देशबीचको सम्बन्धमा झनै तनाब ल्याउने सङ्केत देखिएको छ ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



