

-
सोची : रुसको कृष्ण सागर किनारमा रहेको पर्यटकीय सहर सोची नजिक रहेको एक ठूलो तेल डिपोमा भीषण आगलागी भएको छ। उक्त आगलागी युक्रेनी ड्रोन आक्रमणका कारण भएको रुसले दाबी गरेको छ।
क्रास्नोडार क्षेत्रका गभर्नर भेनीयामिन कोन्द्रातयेभका अनुसार, ड्रोनको भग्नावशेषले इन्धन ट्याङ्कमा ठोक्किएर आगलागी भएको हो। आइतबार बिहान लागेको आगो निभाउन १२७ जना दमकलकर्मी परिचालन गरिएको थियो, जुन पछि नियन्त्रणमा लिइएको बताइएको छ। आगलागीका कारण सोचीस्थित विमानस्थल केही समयका लागि उडानहरु स्थगित गरेको थियो।
त्यसैबिच, रुसले युक्रेनको दक्षिणी सहर खेरसोनमा रहेको एउटा प्रमुख पुलमाथि पुनः बम आक्रमण गरेको छ। उक्त आक्रमणमा एक पुरुषको मृत्यु भएको र स्थानीय अधिकारीका अनुसार छिमेकी मायकोलाइभ सहरमा सात जना घाइते भएका छन् भने केही घरहरू ध्वस्त भएका छन्।
शनिबार खेरसोन र डोनेस्क क्षेत्रमा रुसको आक्रमणमा परी कम्तीमा सात युक्रेनी नागरिकको मृत्यु भएको युक्रेनले जनाएको छ।
रुसी अधिकारीहरुका अनुसार, सोचीस्थित तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमण युक्रेनले शनिबार र आइतबार गरी सञ्चालन गरेको थुप्रै ड्रोन आक्रमणमध्ये एक हो। युक्रेनी ड्रोनहरूले रियाजन, पेन्जा, र युक्रेनको सिमानासँग नजिकै पर्ने भोरोनेज शहरका संरचनाहरूलाई निशाना बनाएको जनाइएको छ। भोरोनेज क्षेत्रका गभर्नरका अनुसार एक आक्रमणमा चार जना घाइते भएका छन्।
हालसम्म युक्रेनले ती आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। रुसले युक्रेनी विद्युत् संरचनामाथि लगातार आक्रमण गरिरहेकामा जवाफस्वरूप युक्रेनले रुसको ऊर्जा पूर्वाधारमाथि यस्ता आक्रमणहरू गर्दै आएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार शनिबार राति मात्रै रुसले युक्रेनबाट पठाइएका ९३ ड्रोनमध्ये ६० ड्रोन काला सागर क्षेत्रमै खसेको दाबी गरेको छ।
उता युक्रेनको वायु सेनाले भने, रातभर रुसले ७६ ड्रोन र ७ मिसाइल प्रक्षेपण गरेको दाबी गर्दै तीमध्ये ६१ वटा खसालिएको जनाएको छ। १६ ड्रोन र ६ मिसाइल भने आठवटा स्थानमा लागेका बताइएको छ।
News Desk 0 response सोमवार, साउन २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


