

-
संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका बीबीसीले जनाएको छ ।
यो सम्झौताले महिनौं लामो व्यापारिक तनाबको अन्त्य गर्दै विश्व व्यापारको झन्डै एक तिहाइ हिस्सा ओगट्ने दुई ठूला साझेदारबीच नयाँ सहकार्यको ढोका खोलिदिएको छ । अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ । जुन ट्रम्पले घोषणा गरेका ३० प्रतिशत दरको आधा हो । साथै केही विशेष वस्तुहरू जस्तै विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूमा भने कुनै भन्सार लाग्ने छैन ।
युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने भनिएको छ । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अबको तीन वर्षमा अमेरिकामा झन्डै छ सय अर्ब डलरको लगानी गर्ने बताए । जसमा अमेरिकी सैन्य सामग्री किनमेल तथा उर्जा क्षेत्रमा सात सय ५० अर्ब डलरसम्म खर्च गरिनेछ । यो लगानीले युरोपको रुसी उर्जामा निर्भरता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतापछि राष्ट्रपति ट्रम्पले एउटा ठूलो सम्झौता भएका प्रतिक्रिया दिएको खबर उल्लेख छ । उर्सुला भोन डर लायनले पनि यसलाई ऐतिहासिक सम्झौता भन्दै राष्ट्रपति ट्रम्पको नेतृत्व र प्रतिबद्धताको प्रशंसा गरेकी छिन् । समझौता पश्चात् अमेरिका झन्डै ९० अर्ब डलर भन्सार राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ । युरोपेली नेताहरूले सम्झौतालाई सतर्कताका साथ स्वागत गरेका छन् ।
News Desk 0 response सोमवार, साउन १३, २०८२

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३



