

-
काठमाडौं : सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो ।
सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेटायो । नेपालका जोए थापाले नटआउट २४ रन बनाए । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए ।
नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । यस्तै नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थमा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे ।
यसअघि मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो । सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले ३र३ विकेट लिए । यस्तै शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।
सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराएका थिए । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।
यस्तै हङकङलाई ५ विकेटले हराउँदै आयोजक मलेशिया प्रतियोगितामा तेस्रो भएको छ ।
News Desk 0 response शनिबार, असार २१, २०८२


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२