

-
अमेरिकाको न्यूयोर्क महानगरपालिकामा मेयरको चुनाव हुन अझै चार महिना बाँकी छ ।
सामान्यतया एउटा शहरको मेयरको लागि निर्वाचन हुनु र त्यसबाट कुनै व्यक्ति निर्वाचित हुनु आफैमा ठूलो कुरा होइन । त्यसमाथि अरु देशका नागरिकहरुको लागि त्यो घटना ‘नजाने गाउँको बाटो नसोध्नु’ जस्तै हो, हुनु पर्दथ्यो ।
तर, नोभेम्बर ४ तारिखमा हुने त्यो चुनावले यस्तो रुप लिंदैछ कि त्यसले गत नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचन र त्यसको परिणामलाई पनि विर्साउँदैछ । केवल अमेरिकाको लागि मात्र होइन, विश्वभरको लागि ‘हटकेक’ बनिरहेको छ ।
त्यसको कारण हो–जोहान माम्दानीको उम्मेदवारी । डेमोक्रेटिक पार्टीका छनौट चरणहरु (प्राइमरी इलेक्सन) जित्दै माम्दानी उम्मेदवार हुने टुंगो भएको छ । र, सँगसँगै प्रश्न उठिरहेको छ, के उनले चुनाव जित्लान् ? प्रश्न माम्दानीको विजयलाई लिएर मात्र उठिरहेको छैन, उनकी श्रीमती रमा दुवाजीको पृष्ठभूमीका बारेमा पनि उठिरहेको छ । अमेरिकाको समग्र चुनावी प्रणालीप्रति उठिरहेको छ र अमेरिकी मतदाताको बदलिदो दृष्टिकोणहरुको बारेमा पनि उठिरहेको छ ।
यो चुनावमा डेमोक्र्टिक पार्टीका माम्दानीको प्रतिस्पर्धा रिपब्लिकन कर्टिस स्लिवा, स्वतन्त्र इरिक एडम्स (हालका मेयर) र पूर्व गभर्नर एन्ड्र्यु क्युमोसँग हुने अनुमान गरिएको छ ।
केही दिन अघि पार्टीको ‘प्राइमरी इलेक्सन’ जितेर उम्मेदवार घोषणा हुनु अघि माम्दानीले पार्टीका कुनै पनि चुनावी बैठक र कार्यक्रमहरुहरुमा पत्नी रमा दुवाजीलाई सहभागी बनाएका थिएनन् । तर, जब उनले ‘प्राइमरी इलेक्सन’ जितेर पार्टीको तर्फबाट उम्मेदवार हुने टुंगो लाग्यो, तब त्यो समारोहमा पत्नी रमा दुवाजीलाई सहभागी मात्र बनाएन्, उनको हात सबैका सामु चुमे ।
वास्तवमा माम्दानी र उनकी पत्नी दुवाजी को हुन् ? माम्दानीको उम्मेदवारीले अमेरिकामा मात्र नभएर विश्वभर खैलामैला किन मच्चाइरहेको छ ?
त्यसका केही खास कारणहरु छन् ।
सबैभन्दा पहिलो त ३४ वर्षिय माम्दानी भारतीयमूलका अमेरिकी नागरिक हुन्, जो भारतप्रति कठोर दृष्टिकोण राख्छन् । मुस्लिम धर्म मान्ने माम्दानी भारतमा धर्मको नाममा मानिसहरुमाथि अत्याचार भइरहेको दावी गर्दै त्यसको लागि बाँकी विश्वले भारतलाई सजाय दिनु पर्ने मान्यता राख्छन् ।
अमेरिका पनि क्रिस्चियन बाहेक अरु धर्मप्रति कठोर रहेको उनले बताउने गरेका छन् ।
उनकी पत्नी रमा दुवाजी त प्यालेष्टाइन समर्थक मात्र होइनन्, प्यालेष्टाइनी नागरिकहरुमाथि इजरायल र अमेरिकाले गर्ने गरेको दमनको प्रखर आलोचक हुन् । प्यालेष्टाइनी नागरिकहरुमाथि इजरायली र अमेरिकी शासकहरुले गरेको अत्याचारको विरुद्ध विश्वभरबाट आवाज उठाउनु पर्ने भन्दै निरन्तर लेख्दै र बोल्दै आएकी छन् । पछिल्लो पटक इजरायल प्यालेष्टाइनबीचको युद्धमा खतरा महसुस गर्दै उनी केही समय भूमिगत पनि भएकी थिइन ।
माम्दानीसँग गतवर्ष मात्र विवाह बन्धनमा बाँधिएकी सिरियालीमूलकी अमेरिकी नागरिक दुवाजी कलाकार पनि हुन् । ‘माम्दानी र दुवाजीका राजनीतिक दृष्टिकोणमा असहमत हुन सकिन्छ, तर अमेरिका जस्तो देशमा बसेर उनीहरुले प्यालेष्टाइन लगायत विश्वभरका शोषित पीडितको पक्षमा जसरी आवाज उठाइरहेका छन्, त्यो आफैमा ठूलो कुरा हो’ केही दिन अघि विविसीले लेखेको छ ।
माम्दानी उम्मेदवार हुने टुंगो लागेसँगै विश्वभरका प्रख्यात संचार माध्यम र राजनीतिक विश्लेषकहरु उनको राजनीतिक भविश्यको बारेमा टिका टिप्पणी गर्न व्यस्त बनेका छन् । धेरैले उनलाई मेयरको उम्मेदवार बनेर बिद्रोहको विगुल फुकेको बताइरहेका छन् ।
News Desk 0 response बुधबार, असार १८, २०८२


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२