

-
टोकियो : इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ । मंगलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा झरेको थियो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।
“द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरुले स्वागत गरेका छन्”, एमयुएफजीका ली हार्डम्यानले लेखेका छन् । उनले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरु लगभग पूर्ण रुपमा उल्ट्याएको’ बताए ।
“अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ । यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रुपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ”, उनले भने ।
इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरुमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिनसक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो ।
तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेलक्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तिनीहरु सात प्रतिशतसम्म तल झरेको थियो ।
युद्ध प्रिमियम
“तेहरानले राम्रो खेल्यो । तिनीहरुको ‘प्रतिशोध’ ले कतारको अमेरिकी आधारमा प्रहार गर्यो–हेडलाइनहरुका लागि पर्याप्त चर्को, तेल बजारको जग हल्लाउन नसक्ने शान्त”, एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “र एकचोटि यो स्पष्ट भएपछि युद्धको प्रिमियम कच्चा तेलबाट बाहिर निस्कियो ।”
इजरायली सरकारले मंगलबार एक विज्ञप्तिमा इरानसँगको युद्धमा देशले ‘सबै उद्देश्य हासिल गरेको’ र यसले ‘तत्काल दोहोरो अस्तित्वको खतराः आणविक र ब्यालिस्टिक’ हटाएको बताएको छ । “इजरायलले युद्धविरामको कुनै पनि उल्लंघनको कडा जवाफ दिनेछ”, विज्ञप्तिमा भनिएको छ । – एएफपी
News Desk 0 response बुधबार, असार ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


