

-
काठमाडौं : स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सबैभन्दा धेरै ६५ रन बनाए । उनी ११औं अर्धशतक बनाउँदै नेपालबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन् । यस्तै आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए । नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान एक विकेट लिए ।
त्यसअघि ग्लास्गोमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सबैभन्दा धेरै ८६ रन बनाए । यस्तै रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे । नेपालका करण केसीले दुई तथा ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलाको पहिलो खेलमा गएको आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा मङ्गलवार स्कटल्यान्डलाई दुई विकेटले हरायो ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ । शृङ्खलामा नेपाल तीन खेलमा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स चार खेलमा चार अङ्कसहित दोश्रो र तीन खेलमा दुई अङ्कसहित स्कटल्यान्ड तेश्रो स्थानमा छ ।
News Desk 0 response शुक्रबार, असार ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



