

-
भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा डुबेको एउटा ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्न भारतीय तटरक्षकले पहल गरिरहेका छन् । तटरक्षकले दुई वटा जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका केरला सरकारको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
लाइबेरियाली झन्डा वाहक १ सय ८४ मिटर अर्थात् ६ सय ३ फिट लामो मालवाहक जहाज ९एमएससी ईएलएसए ३० केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो ।
६ सय ४० कन्टेनर रहेको यो जहाजमा १३ वटामा हानिकारक कार्गो र १२ वटामा क्याल्सियम कार्बाइड थिए । साथै दुर्घटनाग्रस्त जहाजमा झन्डै ३ सय ७० टन इन्धन र तेल पनि रहेको थियो । डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धूलो छर्किने काम भइरहेको राज्य सरकारको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार कोचीबाट झन्डै ३८ नटिकल माइल दक्षिण–पश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।
यसैबीच सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ ।
भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको यो जहाज अस्ति शनिवार डुबेको हो ।
News Desk 0 response सोमवार, जेष्ठ १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


