

-
काठमाडौं : सुनको गहना खरिद गर्ने समयमा कहिले सुन कहाँबाट आउँछ भन्ने सोच्नुभएको छ रु र यसको सप्लाई सधै हुनेछ वा कहिले सकिनेछ भन्ने सोच्नुभएको छ रु पछिल्ला दिनहरुमा सुनको मूल्य नेपाली बजारमा एक लाख नब्बे हजार वरपर प्रति तोला पुगेको छ र सुनको मुल्य सुनेरै सबै चकित भएका छन् । सामान्यतया सुन दैनिक उपभोग हुने वस्तु पनि होइन । यस हिसावले सुनको मूल्यमा आम चासो हुनु नपर्ने हो तर सुन प्रतिको लगावले गर्दा हरेक दिन सुनको मूल्यलाई आम सर्वसाधारणले चासो दिने गरेको पाईन्छ ।
एशियाली मुलुकहरुमा सुन प्राय मानिसको जीवनशैलीमा आफ्नो धन (स्टेटस) देखाउनको लागि खरिद गरिन्छ । त्यस्तैगरी औधोगिक कच्चा पदार्थको रुपमा पनि सुनको खपत हुने गरेको पाईन्छ । औद्योगिक खपतको रुपमा सुन विषेशगरी महंगा इलेक्ट्रोनिक प्रोडक्ट्समा प्रयोग गरिन्छ । करिब १५ प्रतिशत सुन ९३० हजार सात सय २६ टन० भने अन्य प्रयोजनमा खपत भएको पाइन्छ। सुनलाई विद्युतीय सामग्री बनाउन, विद्युतीय तार, औषधी, विकिरण कवच, ग्लास रङ्गीन बनाउने आदि काममा पनि प्रयोग गर्ने गरिन्छ ।
सुनको सबैभन्दा बढी प्रयोग भने गरगहना बनाउन नै गरिन्छ । तथ्याङ्कअनुसार उत्खनन भएमध्येको सबैभन्दा धेरै अर्थात् करिब ४६ प्रतिशत ९४ हजार ४ सय ६४ टन सुन गरगहना बनाउन प्रयोग हुन्छ ।
सुनको दोस्रो बढी प्रयोग विशद् धनका रूपमा रहेको पाइन्छ । २२ प्रतिशत अर्थात् ४५ हजार चार सय ५६ टन सुन सिक्का वा ढिक्काका रूपमा मानिसहरूले धनका रूपमा राखेका छन् ।
यसै गरी तेस्रो ठूलो परिमाण सबैजसो देशका केन्द्रीय बैकहरूले सुनलाई विनिमय सञ्चितिका रूपमा राखेको पाइन्छ । विश्वका केन्द्रीय बैंकहरूले विनिमय सञ्चिति वा बचतका रूपमा राखेको सुनको परिमाण ३४ हजार पाँच सय ९२ टन छ जुन कुल सुनको करिब १७ प्रतिशत हुन आउँछ ।
विश्वमा हुने विभिन्न खालका युद्धहरु, शक्तिशाली देशहरुले लिने नीति, फेडेरल बैंकको ब्याजदर, अन्तराष्ट्रिय शेयर बजारमा देखिने संकुचन जस्ता कुराहरुले सुनको मूल्य प्रभावित बनाएको देखिन्छ । पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति ट्रम्प र उनले अख्तियार गरेको कर नीति नै सुनको मूल्य उतारचढाव गराउनमा जिम्मेवार रह्यो ।
अव प्रश्न यो आउँछ कि, के अब सुनको उत्पादन हुने खानी रित्तो त हुँदैन रु अव पृथ्वीमा सुन कति बाँकी होला रु सुन अन्य ग्रहबाट ल्याउन मिल्छ कि मिल्दैन रु सुन रित्तियो भने के होला रु आदी
कहाँबाट आयो त पृथ्वीमा सुन ?
पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ ।
पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा बज्रिन आइपुगेको उल्कापिण्डहरूबाट सुन आएको हुनुपर्दछ ।
दोस्रो, मेन्टल सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीको बाहिरी पत्रभन्दा मुनिको तातो लाभाका रूपमा मेन्टल तहबाट भौगर्भिक हलचलका कारण सुन पृथ्वीको सतहमा वा माथिल्लो पत्रमा आएको हुनुपर्दछ ।
यी दुई सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्तलाई बढी विश्वसनीय मान्न सकिन्छ ।
पिक गोल्ड
विशेषज्ञहरु ‘पिक गोल्ड’ को अवधारणाको बारेमा अगाडी आएका छन् । पछिल्लो एक वर्षमा मानिसहरुले आफ्नो पुरै क्षमता अनुसारको सुन निकालिसकेका छन् । कतिपय विशेषज्ञको अनुसार, उनीहरु ‘पिक गोल्ड’ मा पुगिसकेका छन् ।
वर्ल्ड गोल्ड काउन्सिलको अनुसार सन् २०१९ मा सुनको कुल उत्पादन तीन हजार पाँच सय ३१ टन रहेको थियो । यो सन् २००८ पछि पहिलो पटक उत्पादनमा कमी आएको हो ।
वर्ल्ड गोल्ड काउन्सिलका प्रवक्ता हेना ब्रेन्डस्टेटर भन्छन्, ुखानीबाट हुने सप्लाईमा कमी भएको छ र आउदो केहि वर्षमा अझ कम हुँदै जानेछ किनभने खानीहरुको पुरै प्रयोग भइरहेको छ भने नयाँ सुन खानी अहिले सम्म भेटिएको छैन । तर सुनको उत्पादन आफ्नो पिक सम्म पुगेको छ भन्न सकिदैन ।ु
विशेषज्ञ भन्छन्, ‘यदि पीक गोल्ड को अवस्था आयो भने, केहि समयमा सुनको उत्पादन निकै कम हुनेछ र यसको अभाव हुँदै जानेछ , यस्तो अवस्था कतिपय देशमा छिट्टै देखिनेछ ।’
माइनिंग कम्पनीहरु जमीनको तल रहेको सुनको मात्राको अनुमान दुई प्रकारले लगाउन सक्छन् ।
पहिलोः रिजर्भ– जहाँबाट निकाल्दा फाइदा हुने सुन ।
दोश्रो: रिसोर्स – त्यो सुन जसलाई भविष्यमा निकाल्नु फाइदा हुन्छ वा निकाल्नको लागी अधिक मुल्य तिर्नुपर्ने हुन्छ ।अमेरिकाको जियोलजिकल सर्वेको अनुसार, गोल्ड रिजर्भ अझै ५० हजार टन रहेको छ र अहिले सम्म एक लाख ९० हजार टन गोल्ड माइनिंग गरिसकेको छ । केहि तथ्यांकको अनुसार, २० प्रतिशत सुनको खनन अझै बाँकी छ तर तथ्यांक परिवर्तन भइरहन्छ ।
नयाँ प्रविधिको सहायताले केहि नयाँ खानी संग जोडिएको जानकारी प्राप्त भएको छ तर त्यस सम्म पुग्न अहिले सम्भव छैन ।
आर्टिफिशियल इन्टेलिजेन्स, स्मार्ट माइनिंग र बिग डाटा जस्तो नयाँ प्रविधिको सहायताले सुनको मूल्य कम गर्न सकिन्छ र थुप्रै स्थानमा रोबोट पनि प्रयोग गरिएको छ । दक्षिण अफ्रीकाको विटवाटर्सरैंड संसारमा सुनको सबै भन्दा ठुलो श्रोत रहेको छ र करिब ३० प्रतिशत सुन त्यहिबाट आउने गर्दछ ।
चीन विश्वको सबै भन्दा धेरै सुनको खनन गर्दछ र क्यानडा, रुस अनि पेरु ठुलो उत्पादक हुन् । नयाँ सुन खानीको खोज जारी रहेको छ तर निकै कम मात्रामा सुन पाइएको छ त्यसैले भविष्यमा पुरानै सुन खानीमा निर्भर हुनुपर्ने देखिएको छ । ठुलो मात्रामा सुन खानीबाट सुन निकाल्न निकै महँगो हुने गर्दछ र ठुला उपकरण तथा कारिगरको आवश्यकता हुन्छ ।
अहिले निकै कम क्षेत्रमा सुन हुने अनुमान गरिएको छ तर त्यहाँ सुन भएको अनुमान गरिएको छ तर खनन गरिएको छैन । अफ्रीकाको पश्चिमी क्षेत्रमा सुन भएको अनुमान गरिएको छ तर त्यहाँ अनिश्चितता रहेको छ ।
सुनको प्रोडक्शनको असर प्राय त्यसको मूल्यमा पर्दैन । यस बाहेक कोरोनाको कारण पनि सुन को उत्खननमा प्रभाव परेको छ र कतिपय खानी बन्द रहेका छन् र सुनको मुल्य बढ्नुको कारण महामारी थियो ।
पृथ्वीमा कति सुन बाँकी होला ?
पृथ्वीमा कति सुन बचेको छ भन्ने यसको अनुमान लगाउन सकिदैन तर सुन चन्द्रमा पनि छ । चन्द्रमा देखि सुन उत्खनन गरेर पृथ्वीमा ल्याउन निकै महँगो हुनेछ । यस बाहेक अन्टार्कटिकामा पनि सुन छ तर सुन समुन्द्रको तल्लो भागमा छ जहाँबाट निकाल्न निकै महँगो हुन्छ ।
सुनको बारेमा एउटा राम्रो खबर रहेको छ र त्यो हो रिसाइकल गरिएको सुन । यसलाई रिसाइकल गर्न सकिन्छ, विधुतीय कतिपय उपकरणमा सुनको प्रयोग गरिन्छ जसतै कि मोबाइल फोनमा सुनको प्रयोग हुन्छ र त्यसको मूल्य पनि केहि पाउन्ड हुनसक्छ ।
त्यसबाट पनि सुन निकालिने प्रयास हुँदै छ तर सुन खानी भने पूर्णरुपमा कहिलेपनि सकिने छैन ।
पृथ्वीमा कति सुन बचेको छ भन्ने यसको अनुमान लगाउन सकिदैन तर सुन चन्द्रमा पनि छ । चन्द्रमा देखि सुन उत्खनन गरेर पृथ्वीमा ल्याउन निकै महँगो हुनेछ । यस बाहेक अन्टार्कटिकामा पनि सुन छ तर सुन समुन्द्रको तल्लो भागमा छ जहाँबाट निकाल्न निकै महँगो हुन्छ ।सुनको बारेमा एउटा राम्रो खबर रहेको छ र त्यो हो रिसाइकल गरिएको सुन । यसलाई रिसाइकल गर्न सकिन्छ, विधुतीय कतिपय उपकरणमा सुनको प्रयोग गरिन्छ जसतै कि मोबाइल फोनमा सुनको प्रयोग हुन्छ र त्यसको मूल्य पनि केहि पाउन्ड हुनसक्छ ।
त्यसबाट पनि सुन निकालिने प्रयास हुँदै छ तर सुन खानी भने पूर्णरुपमा कहिलेपनि सकिने छैन ।
News Desk 0 response शुक्रबार, जेष्ठ १०, २०८२

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



