

-
काठमाडौं : महिला टी–२० विश्वकपका लागि नेपाललेआज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।
आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा भइरहेको एशियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।
यो खेल अहिले बिहान पौने ९ बजे सुरु हुनेछ । यो खेलमा जितेमा नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर–३ को एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
प्रतियोगितामा हिजोको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’ को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टोली हुन् ।
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
News Desk 0 response सोमवार, जेष्ठ ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



