

-
रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता भएको छ । दुई देशबीच युद्ध शुरू भएको झन्डै तीन वर्षपछि रुस र युक्रेनका अधिकारीबीच आपसी छलफल भएको हो ।
यो वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । वार्तामा रुस र युक्रेनले एकरएक हजार युद्धबन्दी रिहा गर्ने सहमतिसमेत गरेका छन् ।
वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै रुसको वार्ता टोलीको नेतृत्व गरेका भ्यादिमिर मेडिन्स्कीले हिजोको वार्ताबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले रुस आउँदा दिनमा हुने वार्ताका लागि पनि तयार रहेको बताए ।
युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्त राखेको थियो । रुस र युक्रेनबीचको वार्ताका लागि टर्किएले मध्यस्थता गरेको हो ।
यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उनीहरु उपस्थित भएनन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो ।
सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



