

-
काठमाडौं : १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै बाहिरियो । बङ्गलादेश फाइनलमा पुगेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । बङ्गलादेशले दोस्रो हाफको १० मिनेटभित्र दुई गोल गर्यो । बङ्गलादेशले खेलको ७३औ र ८१औं मिनेटमा गोल गरेको हो । नेपालले खेलको ८७औं मिनेटमा एक गोल फर्कायो ।
नेपाल समूह ‘बी’ को उपविजेता र बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दा दोस्रो खेलमा भूटानलाई हराएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति पौने ८ बजे समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स खेल्दैछन् । बङ्गलादेशले यो खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



