

-
कतारले अमेरिकालाई ४० करोड अमेरिकी डलर पर्ने आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म यो विमान अस्थायी रूपमा प्रयोग गरिने बताएका एएनआईले जनाएको छ ।
उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो बचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए। कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने उनको प्रतिक्रिया छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेट प्राप्त हुन धेरै ढिलो हुने सङ्केत गर्दै बोइङ ७४७–८ आफूलाई नभई अमेरिकी वायु सेना/रक्षा मन्त्रालयलाई दिन लागेको लेखेका छन् ।
‘हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् भने किन करोडौं डलर खर्चिनुपर्यो’, ट्रम्पले भने। कसैले राम्रो कामका लागि इनाम दिन चाहन्छ भने त्यो अस्वीकार गर्ने मूर्ख हुने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले कतारबाट उपहार स्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायले सामाजिक सञ्जालमार्फत् आलोचना गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एअर फोर्स वानका रूपमा सेवा गर्न उपहार स्वरूप स्वीकार गर्नेसम्बन्धी कानूनी विवरणलाई अन्तिम रूप दिन लागिएको पुष्टि गरेका थिए ।
News Desk 0 response बुधबार, जेष्ठ १, २०८२

सम्बन्धित शीर्षकहरु
रूस–युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्पका दूत विटकफले आज पुटिनसँग छलफल गर्दै
मङ्लबार, मंसिर १७, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



