

-
कतारले अमेरिकालाई ४० करोड अमेरिकी डलर पर्ने आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म यो विमान अस्थायी रूपमा प्रयोग गरिने बताएका एएनआईले जनाएको छ ।
उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो बचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए। कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने उनको प्रतिक्रिया छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेट प्राप्त हुन धेरै ढिलो हुने सङ्केत गर्दै बोइङ ७४७–८ आफूलाई नभई अमेरिकी वायु सेना/रक्षा मन्त्रालयलाई दिन लागेको लेखेका छन् ।
‘हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् भने किन करोडौं डलर खर्चिनुपर्यो’, ट्रम्पले भने। कसैले राम्रो कामका लागि इनाम दिन चाहन्छ भने त्यो अस्वीकार गर्ने मूर्ख हुने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले कतारबाट उपहार स्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायले सामाजिक सञ्जालमार्फत् आलोचना गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एअर फोर्स वानका रूपमा सेवा गर्न उपहार स्वरूप स्वीकार गर्नेसम्बन्धी कानूनी विवरणलाई अन्तिम रूप दिन लागिएको पुष्टि गरेका थिए ।
News Desk 0 response बुधबार, जेष्ठ १, २०८२


सम्बन्धित शीर्षकहरु

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
शुक्रबार, जेष्ठ ३१, २०८२-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२