

-
प्रभु बैँकमा गाभिएका कर्मचारीलाई सुविधा कटौती गरेपछि कर्मचारी असन्तुष्ट छन् । एक हजार भन्दा धेरै कर्मचारी अहिले सुविधा कटौती भएको भन्दै राष्ट्र बैँकको ढोका कुरिरहेका छन् । तर, बैँकका सीईओ र अध्यक्षले शक्ति केन्द्रको आडमा कर्मचारीलाई अन्याय गरिरहेका छन् । पीडित कर्मचारीहरूले प्रभु बैँकका कार्यकारी अधिकृत अशोक शेरचनको एकलौटी निर्णयले अन्याय गरिएको आरोप लगाएका छन् ।
प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैँक ०७८ माघदेखि गाभेको थियो । नेपाल राष्ट्र बैँकको स्वीकृति प्राप्त गर्दा उल्लेख गरिएको बुँदा १३ मा सेञ्चुरी बैँकको कर्मचारीको दर्जा,सेवा, सुविधालाई कायम गर्दै आवश्यक संशोधन गर्नुपर्ने उल्लेख छ । तर, तीन वर्ष पुग्दा पनि सो अनुरूप नभएको कर्मचारीको भनाई छ । जस अनुसार सेञ्चुरी बैँकका कर्मचारीलाई उनीहरूले पहिल्यैदेखि पाएको सेवा सुविधा कटौती गरिएको निवेदनमा उल्लेख गरिएको छ । पीडित कर्मचारीहरूले २०८१ फागुन ४ गते राष्ट्र बैँकमा गभर्नरलाई सम्बोधन गरेर दर्ता गराएको निवेदनमा छ वटा सुविधा कटौती गरिएको उल्लेख गरिएको छ । बैँक परिक्षण विभागमा दर्ता गराइएको निवेदनको दर्ता नम्बर १२७० छ । पछि गाभिएका कर्मचारीहरूले धेरै सुविधा पाएका छैनन् ।
सेञ्चुरी बैँकमा काम गरेका कर्मचारी बिदाबापतको भत्तामा कटौतीमा परेका छन् । सेञ्चुरीमा मर्मत भत्ता पाउने कर्मचारीले प्रभुमा सो रकम पाउने छैनन् । बालबालिकाको शिक्षा भत्ता पाउने सेञ्चुरीका कर्मचारीले सो रकम पनि गुमाएका छन् । सेञ्चुरीमा झैँ चालक भत्ता पनि पाएका छैनन् । दरबन्दीअनुसार दिइएको दशैं भत्ता पनि कटौती भएको उनीहरूले राष्ट्र बैँकलाई लेखिएको पत्रमा उल्लेख छ । सेञ्चुरीहुँदा भएको अवकाशको रकम पनि हटाइएको छ ।
योसँगै गाभिएका कर्मचारीहरूबीचको व्यापक असन्तुष्टि देखिएको छ । करियरका महत्वपूर्ण वर्षहरू बैङ्कमा बिताएको र अहिले गाभिएपछि अचानक सुविधा कटौती हुनु अन्याय भएको उनीहरूले बताएका छन् । उनीहरूका अनुसार, बैँक गाभिँदा सरकार तथा नियामक निकायहरूले दिएका आश्वासनहरू निरर्थक देखिएका छन् ।‘बैँक गाभिँदा कुनै पनि सुविधा काटिने छैन भनिएको थियो । बरु एकरूपता ल्याउने क्रममा समानता कायम गरिनेछ पनि भनिएको थियो । तर, अहिले सुविधा नै कटौती गरिएको छ ।’( एक पीडित कर्मचारीले बताए ।
कर्मचारी सङ्घसंस्थाहरूले यो निर्णयको विरोध गर्दै बैँकसँग पुनर्विचार गर्न माग गरेका छन् । साथै, उनीहरूले कानुनी बाटो रोज्न सक्ने चेतावनी समेत दिएका छन् । यदि यो निर्णयमा संशोधन नभए, कर्मचारीहरू सामूहिक रूपमा आन्दोलनमा जान सक्ने अवस्था देखिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ३०, २०८२

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



