

-
भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् ९भत्काउने अभियान० तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । कुनै अप्रिय घटना नहुँन स्थानिय सुरक्षा निकायले सतर्कता बढाएको छ ।
संयुक्त प्रहरी आयुक्त शरद सिंहले अहमदाबाद महानगरपालिकाले सियासत नगर, बङ्गाल वास क्षेत्रमा सर्वेक्षण गरेकामा केही घरहरू तालमा माटो हालेर बनाइएको पाइएको बताउनुभएको समाचारमा उल्लेख छ ।
यसका लागि जम्मा ६ वटा डोजर र झन्डै २ हजार प्रहरी तैनाथ गरिएको छ । त्यहाँ मुख्यतया बङ्गलादेशी नागरिकहरू बसोबास गर्दै आएका छन् । चण्डोला ताल वरपर मुस्लिम समुदायको बसोबास छ ।
सरकारी कागजातअनुसार, त्यस क्षेत्रमा धेरैजसो बङ्गलादेशीहरू बस्ने गरेका छन् । मानिसहरूले आफ्नो घर खाली गर्न थालेका समाचारहरु आएका छन ।
घर भत्काउने कारबाहीलाई रोक्नका लागि केही स्थानीयवासीहरूले गुजरात उच्च अदालतमा निवेदन दायर गरेका थिए । तर अदालतले निवेदन खारेज गरेको छ ।
सरकारले विगत चार दिनमा झन्डै एक हजार ७ सय जनालाई नियन्त्रणमा लिएकोमा केही मानिसलाई छाडेको छ । सरकारले त्यहाँ बनेका घरहरू अवैध भनेको छ ।
जम्मू–कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि गुजरातमा यो कारबाही सुरू गरिएको हो ।
News Desk 0 response बुधबार, बैशाख १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


