• काठमाडौँ : सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।