

-
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण हेर्ने हो भने नेपालमा २४ घण्टामा ७२ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् ।
प्राधिकरणका अनुसार मंगलबार बिहान १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको तथ्याङ्कमा ४८ जिल्लामा आगलागी तथा वन डढेलोको घटना देखिन्छ ।
यसमध्ये २५ जिल्लामा ३४ वटा आगलागीका घटना भएको र २३ जिल्लामा ३८ वटा वन डढेलोका घटना भएका छन् ।
ती घटनामा ४ जना घाइते भएको प्राधिकरणले जनाएको छ । यसैगरी पछिल्लो चार दिनमा २७२ वटा वन डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वन डढेलो आगलागी तथा वातावरण शाखाका उपसचिव सुदिप छत्कुली बताउँछन् ।
उनका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी आगलागीबाट २२ जना घाइते भएका छन् ।
यसैबिच ३० वटा भौतिक संरचनाको क्षति भएको छ भने २६ चौपाया आगलागीबाट मरेका छन् ।
साउन यता २५ सयभन्दा बढी आगलागी
साउन यता देशभर २५ सयभन्दा बढी आगलागी र वन डढेलोका घटना प्रकाशमा आएको छ । चालु आर्थिक वर्ष २०८०र८१ साउनदेखि यताको तथ्याङ्क आधार मान्ने हो भने २ हजार ५०६ वटा वन डढेलो र आगलागीका घटना भएका छन् । यसमध्ये २ हजार १३८ वटा आगलागी र ३६८ वटा वन डढेलोका घटना छन् ।ती घटनाबाट ४९ जनाको मृत्यु हुनका साथै ३३० जना घाइते भएका छन् । यस्तै, ४१७ वटा भौतिक संरचनामा क्षति भएको छ । १ हजार ३७ वटा चौपाया जलेर नष्ट भएको तथ्याङ्क छ ।
यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेशमा आगलागीका घटना भएका छन् । कोशी प्रदेशमा ९९२, मधेसमा ६०९, बागमतीमा ४९२, लुम्बिनीमा ३६५ र अन्य प्रदेशमा ४८ वटा आगलागीका घटना भएका छन् ।
गत वर्षको यही ६ महिनामा २ हजार ५१३ वटा कुल आगलागी र वन डढेलोका घटना भएको थियो । यसमध्ये २ हजार २६० आगलागीका घटना भएको थियो भने वन डढेलोका घटना २५३ वटा थियो । ती घटनामा ८३ जनाको मृत्यु भएको थियो ।
वन डढेलोको घटना बढ्यो
अघिल्लो वर्ष वर्षको तुलनामा आगलागीको घटना थोरै घटेको देखिन्छ । यस्तै वन डढेलो गत वर्षको तुलनामा बढेको देखिन्छ । यसवर्ष आगलागीका घटना २ हजार १३८ वटा रहेका छन् भने ३६८ वटा वन डढेलोका घटना भएका छन् ।गत वर्ष समीक्षा अवधिमा २ हजार २६० आगलागी र २५३ वटा वन डढेलोको घटना भएको तथ्याङ्क छ ।
यसअनुसार गत वर्षको तुलनामा आगलागीका घटना थोरै मात्रामा घटेको प्राधिकरणका वन डढेलो आगलागी तथा वातावरण शाखाका उपसचिव सुदिप छत्कुली बताउँछन् । उनले भने, ‘समग्रमा वन डढेलोको घटना यो वर्ष अलि बढी भएको देखिन्छ भने आगलागीका घटना थोरै घटेको देखिन्छ ।’
News Desk 0 response शुक्रबार, चैत्र २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


