• काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन् ।

    उनी जनतासँग माओवादी तराई(मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन त्यता पुगेका हुन् ।

    आज ‘प्रचण्ड’सहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाडौँ आएका थिए ।