

-
महोत्तरी : महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
सो कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा अनुपस्थित हुँदा इलाका प्रशासन कार्यालयबाट जारी हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणका कामकाज प्रभावित बनेको छ ।
कार्यालय प्रमुख नहुँदा नागरिकतामा हस्ताक्षर गर्न नसकिएर एउटा नागरिकताकै लागि सेवाग्राही तीन दिनदेखि पाँच दिनसम्म धाउनुपरेको छ । जिल्लाको सोनमा गाउँपालिका–५ बाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय गौशालामा पुगेका शिवशंकर साहले विगत पाँच दिनदेखि आफू नागरिकता बनाउनका लागि कुदिरहँदा नागरिकता पाउन नसकेको गुनासो सुनाए ।
त्यस्तै औरही नगरपालिका–२ बस्ने प्रियंका यादवले विगत चार दिनदेखि धाउँदा नागरिकता पाउन नसकेको बताए। सोही क्रममा अर्का सेवाग्राही औरही–३ बस्ने काजल कुमारी र अरुण यादवले आफूहरू विगत तीन दिनदेखि इलाका प्रशासन कार्यालयमा नागरिकताको लागि कुदिरहँदा नागरिकता प्राप्त गर्न नसकेको बताए ।
उनीहरू जस्तै राष्ट्रिय परिचयपत्रको लागि विगत दुई दिनदेखि इलाका प्रशासन कार्यालयमा पुगेका औरही–१ दिनेश यादवले दुई दिन खर्चेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न नसकेको गुनासो सुनाए ।
यसरी एक महिनादेखि कार्यालय प्रमुख इप्रकामा नपुग्दा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले गत महिनादेखि नै इलाका प्रशासन कार्यालय प्रमुखविहीन रहेको स्वीकार गरे ।
उनले त्यहाँ कार्यरत कार्यालय प्रमुख (अधिकृत) झाले फागुनमा सेवाबाट राजीनामा गरेको र चैत १ गते उनको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा उनले त्यस कार्यालयमा कर्मचारी अभाव र कामको चाप बढी भएको बताए ।
एक कार्यालय प्रमुख, दुई नायब सुब्बा, दुई कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर र एक लेखापालको दरबन्दी मात्रै रहेको इलाका प्रशासन कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखको अभावमै त्यस क्षेत्रका विभिन्न पाँच वटा पालिकाका २६ वडाका नागरिकलाई सेवा दिनुपर्दा भ्याइनभ्याइ भएको र सेवा प्रवाहमा बढी समय लाग्ने गरेको सहायक प्रजिअ न्यौपानेले बताए । उनले सेवा प्रवाहमा समय लागे पनि सेवा प्रवाह बन्द नभएको बताए ।
उनले इलाका प्रशासन कार्यालय छुट्टै कार्यालय भइसकेकाले त्यस कार्यालयमा यस (जिल्ला प्रशासन कार्यालय) बाट कोही कसैलाई काजमा खटाउन नमिल्ने भएकाले त्यहाँका सेवा ग्राहीको समस्या आफूहरूले चाहेर माग बमोजिम समाधान गर्न नसकिने बताए।
त्यहाँका सेवा प्रवाहमा गति ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले सामान्य प्रशासन मन्त्रालयमा उत्पन्न भएको समस्याका सन्दर्भमा जानकारी गराउँदै कार्यालय प्रमुख चाँडै पठाइ दिन माग गरिसकेको जनाउँदै सहायक प्रजिअ न्यौपानेले चाँडै नै इलाका प्रशासन कार्यालयमा प्रमुख आइहाल्ने र सेवा प्रवाह सहज हुने बताए ।
News Desk 0 response बुधबार, चैत्र १९, २०८१

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


