

-
काठमाडौं : प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौंका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ । सूचक घटबढ भइरहन्छ ।
आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाडौं विश्वकै दोस्रो नम्बरमा परेको हो ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ । सुक्खा मौसममा डढेलो लाग्ने दर उच्च हुँदा वायु प्रदूषण बढेको विभागका उपमहानिर्देशक सैलेशकुमार झाले बताए ।
उनका अनुसार क्रस बोर्डर धुलो धुवाँको प्रदूषणका रूपमा भारतबाट डढेलोको धुवाँ नेपाल आइरहेको र यहाँका वन क्षेत्रमा पनि केही हप्तादेखि डढेलो लाग्ने क्रम उच्च बन्दै गएकोले वायु गुणस्तर खराब अवस्थामा छ । भारतको प्रदूषण माथिल्लो वायुमण्डलबाट नेपाल भित्रिरहेको उनले जानकारी दिए ।
वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागका उपमहानिर्देशक झाले अनुरोध गरे ।
उनले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने र अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्न सुझाव दिएका छन् ।
विभागले थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्न, फोहोर नजलाउन, धेरै धुवाँ फ्याँक्ने गाडीको नियमित जाँच र मर्मत गर्न, उद्योग तथा कलकारखानामा स्वच्छ उर्जा प्रयोग गर्न आग्रहसमेत गरेको छ । वायु प्रदुषण धेरै हुँदा भिजिबिलिटी कम भएर हवाई उडानसमेत प्रभावित बन्ने गरेको छ ।
धुवाँधुलोसहितको प्रदूषण बढ्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु पनि मुख्य कारण रहेको मौसमविद्ले बताएका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले सुक्खा खडेरीसँगै डढेलो पनि बढ्ने भएकाले प्रदूषण कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र १९, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



