• काठमाडौं ।

    काठमाडौंमा रहेको साँखु मालपोत कार्यालय कारोवारको रुपमा अग्रभागमा पर्दछ । त्यहाँ हरेक दिन एक न एक अवैध काम हुने चर्चा छ । त्यही मालपोत मार्यालयमा एकजना खरिदार झण्डै बाह्र बर्षसम्म काम गरेर बसेका छन् । हुनत एउटा कर्मचारीले एउटा कार्यालयमा निश्चित समयमात्र काम गर्न पाउने नियमवलीमा उल्लेख पनि छ । तर, त्यो नियमलाई ठाडै घोती लाईदिएर नायव सुब्बा रामेश्वर कुँईकेल २०७२ सालदेखि यही कार्यालयमा काम गरिरहेका छन् । त्यो पनि जग्गाको रजिष्ट्रेसन गर्ने शाखामा उनको हालिमुहाली रहेको छ ।

    मालपोत कार्यालय साँखुको अभिलेख अनुसार कुँईकेलको २०७१ सालमा त्यहाँ सरुवा भएको थियो । सेटिङ्गमै सरुवा भएर सो कार्यालय पुगेका कुँईकेल बद्नाम कर्मचारीको रुपमा परिचित पनि छन् । माथिल्लो निकायमासमेत ‘माल’ बुझाउन पर्छ भन्दै अबैध असुली गर्ने उनी मन्त्रालयदेखि शक्ति केन्द्रसम्म रिझाउन पनि माहिर छन् । उनको अवैध असुलीको फेहरिस्त फेला परेपछि तीन महिना निलम्वनमा पनि परेका थिए । पुनः शक्तिकेन्द्र रिझाएर उनको जागिर थमौती भयो । त्यसको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्ट्रिङ्ग अप्रेसन’मा परेका यी सुब्बाको सरुवा पनि हुने गरेको छ । तर, उनले अबैध कमाईको दुरुपयोग गरेर त्यही ठाउँमा थमौती गरेको भूमिसुधार मन्त्रालयका एक कर्मचारीले बताए ।

    संघीय मामिला तथा सामान्य प्रशासनमा सरुवा भएर आए पनि उनले बिभिन्न शक्ति केन्द्र लगाएर साँखु मालपोतमै जागिर थमौती गरेपछि त्यहाँका लेखनदासहरु पनि चकित परेका थिए । आफ्नो पहँुच र शक्ति माथिसम्मै भएको बताउने कुँईकेलले उनै लेखनदाशलाई प्रयोग गरेर अकुत आर्जन गरिरहेका छन् । लामोसमयदेखि त्यही बसेका कारण उनले जुनसुकै हाकिम पुगे पनि सेटिङ्ग मिलाउने गरेका छन् । कर्मचारी ट्रेड युनियनका नेता खरिद गरेर मालपोतमा माल पार्ने सुब्बाको उपमा उनले पाएका छन् । यति लामोसमयसम्म एउटै कार्यालयमा थमौती हुन सक्ने व्यक्ति भएका कारण माथिल्ला निकायका कर्मचारीसमेत उनीसँग सतर्क रहने गरेको मन्त्रालयका ती कर्मचारीले बताए ।

    जागिरबाट हुने आम्दानीको तुलनामा धेरै गुणा बढी सम्पत्ति जोहो गरेका यी सुब्बा सापको सम्पत्ति देखेर आफन्तहरु पनि चकित परेको उनका नजिकका एक आफन्तले बताए । उनको घर घडेरीको फेहरिस्ता नै आवश्यक परे दिने आफन्तको भनाई छ ।