

-
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने तालिमको मोडल परिवर्तन गर्न लागेको हो ।
त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक तयारी गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्न आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्न लागिएको बताइन् ।
तालिमका लागि बजेट पनि तल जान्छ । प्रदेशमा तालिम पनि हुन्छ । तर, तालिमको प्रभावकारिता छैन । तालिम परम्परागत मोडलका छन् । यो मोडल परिवर्तन गर्नुपर्छ भनेर शिक्षकहरूको सर्भे गरिरहेका छौँ । सर्भे पछाडि शिक्षकहरूसँग राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ । त्यो डायलगपछि तालिमको मोडालिटीको छिनोफानो गर्छौ,’ मन्त्री भट्टराईले भनिन् ।
त्यो कामको सुरुवात गरिएको बताउँदै चाडै नै शिक्षकहरूलाई प्रदान गरिने तालिमको मोडालिटी तयार हुने बताइन् । अब शिक्षक भनेको शिक्षक नै हुनुपर्ने उनको भनाइ छ । पेसागत दायित्व पुरा गरेर अघि बढ्नुपर्ने बताउँदै अब राजनीतिकतिर भन्दा पनि आफ्नो जिम्मेवारीमा ध्यान दिन आग्रह गरिन् ।
शिक्षकहरूको चेतनालाई पेशासँग, ज्ञानलाई पेशासँग जोड्न खोजिएको बताइन् । पेसालाई मर्यादित बनाउन नसक्दासम्म समाजलाई प्रतिस्पर्धी बनाउन नसकिने बताइन् ।
News Desk 0 response आइतवार, चैत्र ९, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१