• काठमाडौं : पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले सवै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको संभावना रहेको हो ।

    महाशाखाका अनुसार मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात पनि हुने सम्भावना छ ।