

-
काठमाडौं : चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ दशमलव २२ प्रतिशतले बढेको हो ।
गएको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गएको आर्थिक वर्ष त्यही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । आयात अघिल्लो वर्षको तुलनामा ११ दशमलव २० प्रतिशतले बढेको छ ।
यस्तै साउनदेखि फागुनसम्ममा नेपालले एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५७ दशमलव २० प्रतिशतले बढी हो । निर्यातको ठूलो हिस्सा भटमासको तेल र सूर्यमुखीको तेल रहेका छन् । यी दुवै विदेशबाट कच्चापदार्थ ल्याएर यहाँ प्रशोधन गर्ने वस्तु हुन् ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१