

-
काठमाडौं : चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ दशमलव २२ प्रतिशतले बढेको हो ।
गएको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गएको आर्थिक वर्ष त्यही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । आयात अघिल्लो वर्षको तुलनामा ११ दशमलव २० प्रतिशतले बढेको छ ।
यस्तै साउनदेखि फागुनसम्ममा नेपालले एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५७ दशमलव २० प्रतिशतले बढी हो । निर्यातको ठूलो हिस्सा भटमासको तेल र सूर्यमुखीको तेल रहेका छन् । यी दुवै विदेशबाट कच्चापदार्थ ल्याएर यहाँ प्रशोधन गर्ने वस्तु हुन् ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका..
शनिबार, फाल्गुन २३, २०८२ -
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२



