

-
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज भएका खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो । बागमतीका ईशान पाण्डेले सबैभन्दा धेरै ७० रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले ८८, कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । बागमतीका प्रतिस जिसीले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार सातौं जीत हो भने बागमतीको ६ खेलमा चौथो हार हो ।
यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले हरायो । कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९ ओभर २ बलमा २ सय रनमा अलआउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सबैभन्दा धेरै ८४ रन बनाए । कर्णालीका दिनेश अधिकारी र दीपेन्द्र रावतले ३र३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ४८ ओभर ५ बलमा २ सय ५ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका दीपेन्द्र रावतले ६६, अर्जन घर्तीले ५६ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ३ विकेट लिए । प्रतियोगितामा कर्णालीको यो ६ खेलमा तेस्रो जीत हो भने लुम्बिनीको ७ खेलमा तेस्रो हार हो ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



