

-
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज भएका खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो । बागमतीका ईशान पाण्डेले सबैभन्दा धेरै ७० रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले ८८, कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । बागमतीका प्रतिस जिसीले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार सातौं जीत हो भने बागमतीको ६ खेलमा चौथो हार हो ।
यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले हरायो । कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९ ओभर २ बलमा २ सय रनमा अलआउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सबैभन्दा धेरै ८४ रन बनाए । कर्णालीका दिनेश अधिकारी र दीपेन्द्र रावतले ३र३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ४८ ओभर ५ बलमा २ सय ५ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका दीपेन्द्र रावतले ६६, अर्जन घर्तीले ५६ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ३ विकेट लिए । प्रतियोगितामा कर्णालीको यो ६ खेलमा तेस्रो जीत हो भने लुम्बिनीको ७ खेलमा तेस्रो हार हो ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१