

-
पोखरा : कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो ।
उनलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले बताए ।
पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत उनी आयोगले सोधेका प्रष्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने काम गर्थे ।
उपसचिव पाण्डेका अनुसार यही क्रममा उनले अख्तियारमा विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार पारी उजुरी परेको छ भन्दै उनीहरूलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेका थिए ।
एक लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा २५ हजार रुपैयाँ नगदसहित गिरीलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१