

-
पोखरा : कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो ।
उनलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले बताए ।
पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत उनी आयोगले सोधेका प्रष्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने काम गर्थे ।
उपसचिव पाण्डेका अनुसार यही क्रममा उनले अख्तियारमा विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार पारी उजुरी परेको छ भन्दै उनीहरूलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेका थिए ।
एक लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा २५ हजार रुपैयाँ नगदसहित गिरीलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



