• काठमाडौ : काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्त भएका छन्।

    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । यसअघि उनी २०७९ असोज २ गते रजिष्ट्रार नियुक्त भएका थिए ।