

-
महोत्तरी : एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । यति बेला व्यस्त हुनुपर्ने महोत्तरीको एभरेष्ट चिनी उद्योग यस वर्ष उखु नपाएपछि बन्द हुने अवस्थामा पुगेको छ ।
उखु अभावकै कारण सर्लाहीको महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योगले त चालू सिजनको उखु क्रसिङ बन्द गरिसकेका छन् । इन्दुशङ्कर चिनी उद्योगले पनि भोलिदेखि उखु क्रसिङ बन्द गर्ने बताएको छ । फागुन र चैतमा अत्यधिक व्यस्त रहेर वैशाखमा उत्पादन घटाउँदै लैजानुपर्नेमा अहिले नै बन्द गर्नुपर्दा उद्योग समस्यामा पर्ने देखिएको सञ्चालकहरूको भनाइ छ ।
महोत्तरीमा एक दशकअघि १५ हजार बिघाभन्दा धेरै जमिनमा उखु खेती हुने गरेकोमा अहिले आठ हजार बिघाको हाराहारी मात्रै छ । तीन वर्षअघि त पाँच हजार बिघामा झरिसकेको थियो । उद्योगले भुक्तानी सहज बनाएपछि केही बढेको हो । तर पर्याप्त छैन ।
फागुनमै उद्योगलाई उखु अभाव हुनुको मुख्य कारण खेती घट्नुसँगै किसानले उखु आफैँ पेल्नु पनि रहेको छ । सरकारले न्यूनतम मूल्य कम तोक्दा कतिपय किसानले उद्योगलाई उखु दिएका छैनन् । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था भए पनि समयमा दिँदैन ।
News Desk 0 response सोमवार, फाल्गुन २६, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१