

-
काठमाडौं : निजामती कर्मचारीहरूको उमेर हद बढ्ने भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो ।
समितिले विधेयकमाथि सांसदहरूले राखेको संशोधन प्रस्तावसमेतको अध्ययनसहित प्रतिवेदन बुझाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको समितिमा उमेर हद बढाउनेबारे भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको हो ।
उपसमितिका सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा छलफल भइरहेको र त्यो छलफल सकारात्मक तरिकाले अगाडि बढिरहेको जानकारी दिए । ‘निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा छलफल भइरहेको छ । छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ,’ तामाङले रातोपाटीसँग भने ।
उमेर हद बढाउनु पर्ने कारण के हो भन्ने प्रश्नमा सांसद तामाङले वर्तमान निजामती सेवा ऐन बनाउँदा नेपालीको औसत आयु ६२ वर्ष भएकाले उमेर हद ५८ वर्ष बनाइएको र अहिले कर्मचारीको उमेर हद पछिल्लो जनगणनाअनुसार ७२ वर्ष पुगिसकेकाले ६० बनाउने विषयमा छलफल गरिएको जानकारी दिए । ‘अहिलेको निजामती सेवा ऐन २०४८ सालमा बनाउँदा नेपालीहरूको औसत आयु ६२ वर्ष थियो । र कर्मचारीहरूको उमेर हद ५८ वर्ष बनाइयो,’ तामाङले भने, ‘अहिले पछिल्लो जनगणनाअनुसार औसत आयु ७२ वर्ष पुगिसक्यो । त्यसैले ६० वर्षे उमेर हद राख्नका लागि कानुनमा व्यवस्था गर्न लागिएको हो ।
५८ वर्षमै अवकाश हुँदा अनुभवी कर्मचारी बेलैमा घर जाने र नयाँ आउने कर्मचारीसँग ज्ञान भए पनि अनुभवको कमी हुने समितिमा सांसदहरूको तक छ । यो विषयमा अनौपचारिक सहमति सांसदहरूबिच जुटिसकेको अर्का एक सांसदले जानकारी दिए ।
News Desk 0 response बुधबार, फाल्गुन २१, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


