

-
काठमाडौं : नेपालमा लगातार तीन वटा हिउँद सुक्खा भएका छन् । यस वर्ष हिउँद अर्थात् मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा औसतको झण्डै २४ प्रतिशत मात्रै पानी पर्यो ।
हिउँदयामका तीन महिनामा औसत वर्षा ६० दशमलव १ मिलिमिटर हुनुपर्नेमा यस वर्ष १४ दशमलव २ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसमा पनि झन्डै ४ मिलिमिटर वर्षा हिउँदयाम सकिने अघिल्ला दुई दिन परेको हो ।
अघिल्लो वर्षको हिउँदमा १३ दशमलव १ मिलिमिटर र २०७९ सालमा १२ दशमलव ९ मिलिमिटर मात्रै वर्षा भएको थियो । २०७८ सालमा भने औसतभन्दा धेरै अर्थात् ९७ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । पछिल्ला १५ वर्षको तथ्याङ्क हेर्दा ९ वर्षको हिउँदमा औसतभन्दा कम र ६ वर्षको हिउँदमा औसतभन्दा धेरै पानी परेको थियो ।
यस वर्षको हिउँदमा देशभरको औसतमा झन्डै २४ प्रतिशत पानी परे पनि मुख्य २० वटा स्टेशनको तथ्याङ्क अनुसार भैरहवा, सिमरा, काठमाण्डौ, धनकुटा र दाङको घोराहीमा खडेरीको अवस्था देखिएको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।
हिउँदमा पर्याप्त वर्षा नहुँदा गहुँ, जौ, तोरीलगायतका हिउँदे बालीको उत्पादन घट्छ । यस्तै जलविद्युत् उत्पादनसँगै अरू प्रकोपहरू पनि बढ्ने विज्ञहरू बताउँछन् । पानीका मूल सुक्ने, जमिनमुनिको पानीको सतह घट्नेजस्ता समस्यासँगै वनडढेलो र वायु प्रदूषणको समस्यासमेत बढाउने जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए । जलवायु परिवर्तनका कारण वर्षाको आवृत्तिमा धेरै परिवर्तन आउन थालेकाले सिँचाइ प्रणाली सुधार, जलस्रोत संरक्षण, वनडढेलो र वायु प्रदूषण रोक्न पूर्वसावधानीहरू अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
News Desk 0 response सोमवार, फाल्गुन १९, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


