

-
काठमाडौं : बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते विशेषमा रिट दायर गरेको थियो ।
न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको इजलास अधिकृत गरिशा भट्टराईले जानकारी दिएकी छन् । कीर्ते तथा नागरिकता अपचालन मुद्दामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको देखिन्छ । उनले पहिलोपटक २०३२ फागुन २४ गतेको नागरिकता लिएका थिए । उक्त नागरिकतामा उनको उमेर १६ वर्ष उल्लेख थियो । तर त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख थियो ।
सोही मिति प्रयोग गरेर उनले २०४३ सालमा अधिकृत स्तरको नियुक्ति लिएका थिए । सोही अनुसार ५८ वर्षे उमेरहदका कारण उनी २०७३ साल साउन १५ गते नै अवकाश भएका थिए । तर, योबिचमा साधारण तथा कूटनीतिक राहदानी लिँदा भने उनले आफ्नो उमेरलाई घटाएको देखिन्छ । राहदानीमा उनको जन्म मिति २०१८ कात्तिक २४ गते रहेको उल्लेख गरिएको छ ।
सिलवाल २०७७ माघ १० गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
News Desk 0 response आइतवार, फाल्गुन १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



