• धुलिखेल :धुलिखेल नगरपालिका -१० सारदा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घना भएको हो ।

    दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश -३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ :२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते हुनेमा बस चालक र सह- चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए ।

    घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।

    बस घटानास्थलमै रहेकोले राजमार्गमा एकतफी मात्रै सञ्चालन भएको छ । बस रामेछापको धोबी ,ढाँडे हुँदै ओखलढुंगाको पोकली लागि गुडेको प्रहरीले जनाएको छ ।