• नेपाली महावाणिज्य दूत र सिजाङ बजार नियमन प्रशासनका उपमहानिर्देशकबीचमा दुई देशका बीच गुणस्तर प्रमाणिकरमा दुई पक्षीय सम्झौता कार्यन्वयनमा घनिभूत छलफल भएको छ । बेलाबेला देखिने समस्या समाधानका लागि थप जारुक भएर लाग्ने सहमति पनि भएको छ ।

    नेपाली महावाणिज्यदूत र सिजाङ बजार नियमन प्रशासनका उपमहानिर्देशक श्री लिउ जियानवेईबीच नेपाली वाणिज्य दूतावास कार्यालयमा शिष्टाचार भेटघाट भएको हो । भेटघाटको क्रममा नेपाल चीन सम्बन्धका विभिन्न मुद्दाहरूमा सौहार्दपूर्ण छलफल भएको छ । भेटपछि महावणिज्यूत लक्ष्मी निरौलाले भने,-‘हाम्रो छलफल विशेष गरी दुई देशहरू बीच गुणस्तर प्रमाणीकरण सम्बन्धी द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन स्थितिमा केन्द्रित थियो। हामीले आगामी दिनहरूमा नेपाल गुणस्तर तथा नापतौल बिभाग र सिजाङ बजार नियमन प्रशासन बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने समझदारी गर्यौं।’