

-
ललितपुर ।
२०६३ सालमा स्थापना भएको नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले स्थापनाकालदेखि नै वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा काम गर्दै आएको छ । गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकास तीन वटा मूख्य ध्येयहरुलाई आत्मासाथ गर्दै अघि बढेको यो विद्यालयले हरेक वर्ष आफ्नो ख्याती बढाउँदै लगेको छ । वातावरण नै मानव जीवनको मूख्य आधार हो । प्रकृति दीर्घजीवि हुन्छ तर मानवनिर्मित विकास अल्पकालीन मात्रै होइन कतिपय अवश्थामा प्रतिउत्पादक समेत हुने भएकाले हामीले गर्ने कुनै पनि काम प्रकृतिमैत्री हुनुपर्दछ भन्ने कुरा विद्यार्थी, अभिभावक तथा समुदायस्तरमा जागरण अभियान कै रुपमा विभिन्न वार्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष २०८१ फाल्गुण ३ र ४ गते हरित रामायण अर्थात रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो । एक घण्टा पन्ध्र मिनेट लामो नाटकमा विभिन्न प्रसंङ्गगमा वातावरण र यसको महत्वको कुरालाई साङ्केतिक रुपमा प्रस्तुत गरेको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालको पहिलो हरित विद्यालयले गर्दै आएको उदाहरणीय कुरालाई सरकारले अनुमोदन गरेर देशव्यापी रुपमा यस्ता विद्यालयहरु विकास गर्नु पर्ने कुरा बताउनु भयो । सरकारले पनि हरित विद्यालय अवधारणा र नीति अघि सारेको कारणले विद्यालयसँग सहकार्य गरेर यो अवधारणलाई विकास गर्न नीतिगत रुपमा आवश्यक पहल गर्न प्रतिवद्ध रहेको कुरा बताउनु भयो । कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक बज्र फाउण्डेशन हल्याण्डका अध्यक्ष मार्टिन ओल्थोफले यस वर्षदेखि वातवारण क्षेत्रमा उल्लेख्य योगदान गर्ने युवाहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले बज्र इको अवार्ड प्रदान गर्न शुरु गरेको वताउँदै यस वर्षको पुरस्कार हरिन नेपालका संस्थापक तनुजा पाण्डेलाई प्रदान गरिने घोषण गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण राज्य मन्त्री रुपा वि.क. र विशेष अतिथि मार्टिन ओल्थोफले संयुक्त रुपमा तनुजा पाण्डेलाई नगद ५१ हजार राशीको बज्र इको अवार्ड प्रदान गर्नुभयो । गुठीयार टीकाध्वज भण्डारीले पाण्डेले वातावरणको क्षेत्रमा गरेको अनुकरणीय कामको बारेमा थप प्रकाश पार्नु भएको थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०८१
साथै दोस्रो दिनको प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १३ का वडाध्यक्ष भाष्कर थापाले विद्यालय स्थापनादेखि नै प्रत्यक्ष वा परोक्ष रुपमा आफ्नो सहभागिता रहेको र आफ्नो वडामा यस्तो नमूना विद्यालय स्थापना भएकोमा आफू गौरवान्वित भएको कुरा बताउनु भयो । अभिभावक र विद्यार्थीहरुले यो विद्यालयमा पढ्न पाएकोमा गौरव गर्नु पर्दछ भन्दै विद्यालयको विकासमा जनप्रतिनिधीको हिसावले वडाबाट गर्नुपर्ने सहयोग गर्न प्रतिवद्ध रहेको कुरा बताउनुभयो ।
रामचन्द्र १४ वर्ष वनबास जाँदा वनजङ्गलसँगको मानव जीवनको सहअस्तित्वको कुरा, वन्यजन्तु वानरसँगको सामिप्यता र सहकार्य, गरूडले रामचन्द्र र लक्ष्मणलाई दिएको सूचना, अयोध्या र लङ्का बीच रहेको नदी तर्ने सन्दर्भमा नदी बोलेको कुरा र बगरमा रहेको ढुंङ्गाको सहयोगबाट नदी तरेर लङ्का गएको कुरा, हनुमानले रामको सन्देश सीतालाई दिएको कुरा यस्ता अनगिन्ति प्रसङ्गहरु छन् जसले मानव जीवन र वातावरण बीचको सहअस्तित्व देखाइएको छ । तर हामीले विकास निर्माणको नाममा मानव र वातावरण बीचको सम्बन्धलाई विगारिसकेका छौं । अझ भनौ विभिन्न प्राकृतिक प्रकोपहरु निम्त्याउने काम हामी स्वयंले गरिरहेका छौं । तसर्थ प्रकृतिमा निर्भर रहेको जनजीवन रामयणले जसरी दर्शाएको छ त्यसै गरी हामी पनि वातावरणलाई संरक्षण गरौं र स्वस्थ जीवन निर्वाह गर्न वतावरणसँगको सहसम्बन्ध र सहअस्तित्व जोगाऔंं भन्ने सन्देश नाटकले दिएको छ ।
विद्यालयका प्रधानाध्यापक जगदीश ढकालले विद्यालयका विद्यार्थीहरुले यो तहको अब्बल प्रस्तुति दिन सक्नु प्रशंसनीय भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै विद्यार्थीहरुको प्रतिभा देखेर यस्तै नविनतम कामहरु गर्न हौसिएको पनि बताउनुभयो । विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापाले विद्यार्थीहरुले गर्ने यस्ता बृहङ्गम अर्थ बोकेका कार्यक्रमहरुलाई पाठ्यक्रमसँग जोडेर व्यावहारिक र गुणस्तरीय शिक्षाको प्रयोगशालाको रुपमा विद्यालयलाई विकास गर्दै लगेकोे बताउनु भयो । नाटक लेखन तथा निर्देशन प्रशिद्ध नाट्यकर्मी प्रभाकर न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थी, अभिभावक लगायत अतिथिहरुलाई बज्र एकेडेमी शैक्षिक निजी गुठीका प्रमुख गुठीयार डोरबहादुर भण्डारीले स्वागत गर्नु भएको थियो । कार्यक्रम शिक्षिकाद्वय संगीता अधिकारी र सुनिता महर्जनले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । दुइ दिन सञ्चालन भएको यो कार्यक्रममा करीब सात सय दर्शकहरुको सहभागिता थियो ।

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


