

-
काठमाडौं : सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ मा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोशी कृषि फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि भएपछि नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
पाँच सयभन्दा बढी हाँसका चल्लामा बर्डफ्लु रोग देखिएपछि कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रलाई नियन्त्रणमा राखिएको उनले बताए । फार्ममा रहेका केही कुखुरा पनि मरेका छन् । जिल्लामा रहेको बर्डफ्लु नियन्त्रण समितिले निरीक्षण गरी बर्डफ्लु सङ्क्रमित फार्मका अरू चल्लालाई पनि नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ ।
बर्डफ्लु रोग देखिएको कृषि फार्म वरिपरि कुखुरा र हाँसको ओसारपसार गर्न नदिइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए । साथै जिल्लाका विभिन्न ठाउँबाट कुखुरा र हाँसको नमूना लिने काम पनि भइरहेको उनले बताए ।
माघको अन्तिम हप्तादेखि फार्ममा धमाधम हाँस मर्न थालेका थिए । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा हाँसको नमूना जाँच गरेपछि बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो । हाँसमा शुरूमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने पशु चिकित्सक बताउँछन् ।
News Desk 0 response बुधबार, फाल्गुन ७, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



