• ल्हासा ।

    चीन र नेपालबीच सहज सीमा व्यवस्थापन तथा नागरिक सुरक्षामा आपसी सहमति भएको छ । वाणिज्य दूतावासको कार्यालयमा भएको छलफलका क्रममा व्यपार,पर्यटन र पूर्वाधार बिकासका बिषयमा पनि आउने समस्या समाधानमा एकभएर समाधान निकालिने सहमति भएको छ ।

    ल्हासास्थित वाणिज्य दूतावासमा महावाणिज्यदूत लक्ष्मी निरौला र सिजाङ जनरल स्टेसन अफ इमिग्रेसन इन्स्पेक्शनका महानिर्देशक वाङ शिहोङ भेटघाट गरेर आपसीहितका विषयमा छलफल भएको हो ।

    भेटका क्रममा दुई देशका नागरिकका लागि सुरक्षित र सहज सीमा व्यवस्थापन, वस्तु तथा सेवा, व्यापार, पर्यटन, पूर्वाधार विकासलगायत आपसी हितका विभिन्न विषयमा मैत्रीपूर्ण छलफल भएको महावाणिज्यदूत निरौलाले जानकारी दिए ।