

-
रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको महिना ठूलो सङ्ख्यामा उत्तर कोरियाली सेना मारिएपछि उनीहरू त्यहाँबाट फिर्ता भएका थिए । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सयौँ रुसी र उत्तर कोरियाली सैनिकहरू मारिएका दाबी गरेका छन् । यस अघि पनि उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएका पश्चिमा देशले दाबी गरेका थिए । तर उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट र रुसी राष्ट्रपति भ्लालिमिर पुटिनसँग संवादको सम्भावना रहेको भन्दै चाँडै युद्ध अन्त्य हुन सक्ने बताएका छन् । रुसीले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरु गरेको छ । लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्याएको छ ।
रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन । तर युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गरेका छन् । जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५ हजार एक सय रहेको बताए पनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू युक्रेनर्फको क्षतिसमेत निकै उच्च रहेको बताउँछन् ।
News Desk 0 response शनिबार, माघ २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


