

-
काठमाडौं : सीवाईसी अत्तरियासँग हारे पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको लिगको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनले हरायो ।
अत्तरियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सक्यो । बुटवलका प्रतीक श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । अत्तरियाका रशिद खान, विवेक यादव र शाहब आलमले २/२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो । अत्तरियाका भीम सार्कीले ५८, विवेक यादवले ५१ रन बनाए । बुटवलका निर्मल गुरुङले २ विकेट लिए ।
अब बुटवलले पहिलो सेमिफाइनलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा पर्सि अत्तरिया र डीसीए धनगढी खेल्नेछन् ।
अर्जुन ट्रफी क्रिकेटको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो सोमवार माघ २८ गते हुनेछ ।
News Desk 0 response शुक्रबार, माघ २५, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



