

-
काठमाडौं : सीवाईसी अत्तरियासँग हारे पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको लिगको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनले हरायो ।
अत्तरियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सक्यो । बुटवलका प्रतीक श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । अत्तरियाका रशिद खान, विवेक यादव र शाहब आलमले २/२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो । अत्तरियाका भीम सार्कीले ५८, विवेक यादवले ५१ रन बनाए । बुटवलका निर्मल गुरुङले २ विकेट लिए ।
अब बुटवलले पहिलो सेमिफाइनलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा पर्सि अत्तरिया र डीसीए धनगढी खेल्नेछन् ।
अर्जुन ट्रफी क्रिकेटको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो सोमवार माघ २८ गते हुनेछ ।
News Desk 0 response शुक्रबार, माघ २५, २०८१


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१