• रामेछाप : रामेछापमा माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर एक जनाको मृत्यु भएको छ ।

    तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ब्याट्री शर्ट हुँदा मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको मृत्यु भएको हो । उनी गएराति साथीहरूसँग माछा मार्न गएका थिए । उनीसँगै खोलामा गएका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ । नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर पनि मर्ने भएकाले करेन्ट लगाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको छ ।