• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड ९ङ० बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    न्याय परिषद् सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।