• काठमाडौं : रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जवाफी बहस सकिएपछि आजै नै आदेश आउन सक्ने अनुमान गरिएको छ ।

    आइतबार लामिछानेका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।