

-
काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबले जितेको छ । सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफले उपाधि जितेको हो ।
धनगढीको फाप्ला मैदानमा सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो । एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १८ ओभर एक बलमा ६७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि मनिषा बोहोराले अविजित १८ र कप्तान विन्दु रावलले १७ रन बनाइन् । एपीएफकी कबिता जोशीले तीन विकेट लिइन् । यस्तै सबनम राई र कप्तान इन्दु बर्माले समान दुई विकेट तथा करुणा भण्डारीले एक विकेट लिए ।
हिजो भएको सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो । त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो । प्रतियोगिताको उपाधि विजेता एपीएफले पाँच लाख र उपविजेता बनेको सुदूरपश्चिम प्रदेशले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्रिकेट क्बल र त्रिभुवन आर्मी क्लब सहभागी थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका रहेका थिए । यस्तै समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका थिए ।
News Desk 0 response शनिबार, माघ १२, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



