

-
भारतको हरित ऊर्जाको अग्रणी कम्पनी प्रोजिल ग्रीन इनर्जीसँग मिलेर गोल्यान समूहले आउँदो २४ देखि ३० महिनाभित्र ५ सय मेगावाट बिजुली उत्पादन गर्ने बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको छ । बिजुली उत्पादनका लागि गोल्यान समूह र प्रोजिलबीच यसअघि नै सम्झौता भइसकेको छ ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताए । नियामक निकायको हैसियतले आयोगले पनि नयाँ–नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैं तत्पर रहेको अध्यक्ष धितालले उल्लेख गरे ।
यस्तै कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । बन्दै गरेको विद्युत् विधेयकमा सौर्य ऊर्जाको विषय समेट्नुपर्नेमा उनको जोड छ ।
प्रोजिल ग्रीन इनर्जीका अध्यक्ष शोबित बैजनाथ रायले गोल्यानसँग मिलेर नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोशेढुङ्गा हासिल गर्न अघि बढिरहेको बताए ।
यस्तै गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
प्रोजिल इनर्जीले भारतका विभिन्न ठाउँमा सौर्य ऊर्जाबाट २ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र १ हजार मेगावाट बिजुली उत्पादनको चरणमा रहेको जनाएको छ ।
News Desk 0 response बिहिबार, माघ १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



