

-
काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १३ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
बङ्गलादेशका लागि सादिया इस्लामले १६ र सुमैया अक्टरले १२ बनाए । नेपालकी पुजा महतो, सिमाना केसी, रचना चौधरी र रिया शर्माले सामन एक विकेट लिए ।
त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभर दुई बलमा ५२ रन बनाउँदा अलआउट भयो । नेपालका लागि साना प्रभिनले सबैभन्दा धेरै १९ रन बनाइन् । यस्तै सिमाना केसीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बङ्गलादेशकी जन्नतुल माउले दुई विकेट लिइन् । यस्तै निशिता अक्टर निशि, फाहोमिदा चोया र सुश्री अनिसा अख्तर सोबाले समान एक विकेट लिए ।
आजै भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।
समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।
News Desk 0 response शनिबार, माघ ५, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१