• नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेनिकट व्यवसायीहरुको शुक्रवार सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

    सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन् ।

    त्यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा यम बहादुर खड्का चयन भएका छन् । महासचिवमा रामवहादुर खड्का चयन भएका छन् ।