

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको छ ।
शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी नवराज अधिकरीले बताए । कुटपिटबाट घाइते भएका युवाको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको बताउँदै उनले त्रिविको गेट नजिकै एक युवामाथि कुटपिट भएको घटनाबारे अनुसन्धान थालेको र छानबिन गर्ने बताए ।
मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्य टिमका समर्थकले सांघातिक आक्रमण गरेको आरोप छ ।
साथै अन्य टिमका समर्थकले उनलाई जनकपुर बोल्ट्सका ‘मधेशी’ समर्थक भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा अध्ययनरत उक्त युवकको वीर अस्पतालमा उपचार भइरहेको छ ।
यता, अन्य समर्थकको भिडले कुटपिट र लछारपछारका कारण युवकको दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी समेत परेको छ । उजुरीपछि मधेशी आयोगले घटनालाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले बताए ।
उनले भने, ‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’ साथै उनले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
News Desk 0 response आइतवार, पुस ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



